images

देउवाको पालामा बालुवाटारको बिचौलियाले म सँग ७ करोड मागे: पूर्व एआईजी पोखरेल 

काठमाडौं–  नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले तत्कालीन समयमा आँफूलाई आइजीपी बनाउन बालुवाटारमा चलखेल गरिरहेका बिचौलियाहरूले ७ करोड रुपैयाँ मागेको आरोप लगाएका छन् । आफूले भने आइजिपी बन्न ७ हजार समेत नदिने प्रतिबद्धता गरेको उनको दाबी छ ।
स्पेस फोरके टेलिभिजनको स्पेस संवादमा कुरा गर्दै पूर्व एआइजी पोखरेलले न्यायालयबाट समेत आफूलाई अन्याय भएको जिकिर गरे । १८ महिना सिनियर र हरेक विभागको नेतृत्व गरेको योग्यता हुँदा समेत आइजिपी बन्न नसकेको बताउँदै पोखरेलले नेपाली कांग्रेसको नेतृत्वमाथि प्रश्न गरेका छन् । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई उपेक्षा गरेको बताउँदै पोखरेलले कांग्रेसले प्रहरी सङ्गठन सुधार्छु भन्दा कसैले नपत्याउने दाबी गरे ।
पोखरेलले भनेका छन्, ‘प्रहरी सङ्गठनमा ईमान्दार छवि बनाएर काम गर्छु भन्दा नहुने रहेछ, हरेक हिसाबले प्रहरीको मनोबल गिराउने काम भएको छ । राजनीतिक नेतृत्वले बिचौलियालाई खटाएर बार्गेनिङ गर्दा रहेछन् । सबै योग्यता पुगेको मान्छे आइजिपी नबन्ने रहेछ । पैसाको बार्गेनिङ हुन्छ भनेर सुनेको थिए त्यो आफैले भोग्दा अचम्म लाग्यो ।’
आफूमाथि अन्याय गर्नेहरू आर्यघाट पुगेर पनि शान्ति नपाउने पोखरेलको भनाइ छ । प्रहरीहरू राजनीतिक दलालीबाट आजित भएको बताउँदै पोखरेलले काम गर्ने वातावरण नै नरहेको जिकिर गरे।
 कुराकानी हेर्न र सुन्र तलकाे लिंकमा क्लिक गर्नुहाेस्