images

एमाले नआए पनि समाजवादी मोर्चा अगाडि बढ्छ: पम्फा भुसाल 

काठमाडौं–नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले समाजवादी मोर्चामा सत्तारुढ नेकपा एमाले नआए पनि मोर्चा कायम रहने स्पष्ट पारेकी छन् ।
उनले वामपन्थी दल र समाजवादी हुनुको नाताले समाजवादी मोर्चामा एमाले पनि आउनु राम्रो हुने भन्दै सो कुरा बताएकी हुन् । उपाध्यक्ष भुसालले अहिले सत्ता समीकरण फेरिँदा सरकारमा रहेका कारण समाजवादी मोर्चाप्रति एमाले भ्रमित हुनु नहुने पनि बताइन् । उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा आबद्ध पार्टीहरूका बिचमा नीति, कार्यक्रमहरूमा सहमति बन्दै गएमा एकताको तहसम्म पुग्ने जानकारी दिएकी छन् ।
हाल मोर्चाले समाजवादको आधार तयार पार्ने र सो प्रकारको  नीति, कार्यक्रम बनाउने उद्देश्य अनुरूप काम गरिरहेको उनको भनाइ छ ।