images

सरकारले थप २० अर्ब ७१ करोड आन्तरिक ऋण उठाउने

काठमाडौं–सरकारले थप २० अर्ब ७१ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।

राष्ट्र बैङ्कमार्फत सरकारले सोमबार २० अर्ब ७१ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । राष्ट्र बैङ्कका अनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब छुटाइएको छ भने ९१ दिने ट्रेजरीका लागि १० अर्ब ११ करोड २५ लाख रुपैयाँ, १८२ दिनका लागि ६० करोड रुपैयाँ र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ छुट्टाइएको छ ।

२८ दिने बाहेक ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी पुरानै नवीकरण गरिने बैङ्कले जनाएको छ ।  यसअघि राष्ट्र बैङ्कले चैत ५ गते १८ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।