images

जनता समाजवादीका सांसद दीपक कार्की स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त 

काठमाडौं–जनता समाजवादी पार्टीका सांसद दीपक कार्की स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नियुक्त भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले जसपा अध्यक्ष उपेन्द्र यादवले सम्हालेको उक्त मन्त्रालयमा कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका हुन् । कार्की धनुषा–१ बाट निर्वाचित सांसद हुन् । उनले आजै प्रधानमन्त्री  समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।