images

सेयर बजार निरन्तर ओरालो तर्फ 

काठमाडौं–सेयर बजार ओरालो लाग्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ ।
पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से साताको पहिलो कारोबार दिन सोमबार पनि १७ दशमलव ०१ अङ्क घटेर २ हजार ३१ दशमलव ५५ विन्दुमा झरेको हो । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।
अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा सोमबार ३०४ स्टकको ४४ हजार २३६ पटकको कारोबारमा २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
घटेको बजारमा बोटलर्स नेपाल बालाजु र सर्वोत्तम सिमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ ।