images

मकवानपुरमा बाघको आक्रमणबाट चार गाई मरे

काठमाडौं– मकवानपुरमा बाघको आक्रमणबाट ४ वटा गाई मरेका छन् । बाघको आक्रमणबाट मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–७ मनसाही जरायो टारका रुद्र बहादुर रानाका चार  गाई मरेका हुन् ।
स्थानीय ६५ वर्षीय रानाको ४ वटा गाई चराउनको लागि गत शुक्रवार मनकामना सामुदायिक बनमा छोडिएको थियो । उक्त बनमा बाघकाे आक्रमणबाट चार वटा गाई मरेको अवस्थामा फेला परेको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले स्पेस समाचारलाई जानकारी दिए । वन क्षेत्रमा चराउन छाडेको गाई घर फर्की नआएपछि खोजी गर्दै जाने क्रममा सोमबार गाई मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
सोमबार वन क्षेत्रमा गाई मृत रहेको जानकारी स्थानीयले प्रहरी चौकी झुरझुरेमा गराएका थिए । झुरझुरे प्रहरी चौकीबाट टोली खटी गई उक्त स्थानमा हेर्दा २ वटा गाइलाई बाघले आधा भाग खाएको अवस्थामा र २ वटा मारेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।