images

सङ्घ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैन: डा. कोइराला

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेता डा. शेखर कोइरालाले सङ्घ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने नरहेको प्रस्ट पारेका छन् । सत्तारुढ गठबन्धन दलले पछिल्लो समय प्रदेश सरकारको भागबन्डाबारे छलफल गरिरहँदा डा. कोइरालाले उक्त कुरा बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत डा. कोइरालाले लेखेका छन्,’ निर्वाचन भएको डेढ वर्षमै पटक/पटक प्रदेश सरकारहरू बन्नु र ढल्नु विकास र सङ्घीयताको स्थायित्वका लागि बेठिक हुन् ।’

उनले थप लेखेका छन्, ‘हाम्रो देशमा कुनै स्थायी गठबन्धन नभएकाले सङ्घ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैन र हुनुहुँदैन । वर्तमान प्रदेश सभाका अङ्कगणित हेर्दा सङ्घकै गठबन्धन अनुरूप प्रदेशमा पनि सरकार बनाउन खोजे कुनै प्रदेशमा संवैधानिक र कानुनी जटिलता आउने तथा कुनै प्रदेश मध्यावधिमा जाने देखिन्छ । मध्यावधि निर्वाचन आजको आवश्यकता र बाध्यता दुवै होइन । यसले सङ्घीयता विरोधी स्वरलाई मलजल गर्दछ । तसर्थ हरेक विकल्पमा छलफल गरौँ र हालका प्रदेश सरकारहरूलाई स्थायित्व दिऊँ ।’