
काठमाडौं–नेकपा माओवादी केन्द्रले इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ (१) मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्र पदाधिकारी बैठकले दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको माओवादी केन्द्रका सचिव देवेन्द्र पाैडेलले जानकारी दिए ।
माओवादी केन्द्रले उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय भने गरिसकेको छैन । नेकपा माओवादी केन्द्र कोसी प्रदेश समितिले इलाम– २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि गत मङ्गलवार धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरेको छ ।