
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य डा.अरनिको पाण्डेले पदबाट राजीनामा राजीनामा दिएका छन् ।
जलवायु विज्ञ रहेका पाण्डे चैत ८ गते राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका थिए । राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएसँगै डा. पाण्डेले आफू सरकारी क्षेत्रमा नियुक्त भएपछि पार्टीमा बस्नु पदको बर्खिलाप हुनु भन्दै राजीनामा दिएका हुन् ।
बिहीबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत उनले आफूले राजीनामा दिएको जनाएका छन् । रास्वपाका पार्टी नेताहरूका अनुसार उनको राजीनामा स्वीकृत समेत भइसकेको छ ।