images
images

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव फेला

काठमाडौं–तराईको होलीको दिन कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव भेटिएको छ। लम्की चुहा नगरपालिका वडा नं.३ का वडाध्यक्ष लब शाहीका अनुसार लोकेन्द्रको शव टीकापुर नगरपालिकास्थित सनकट्टी घाटमा भेटिएको पुष्टि गरे ।

पानीमा तैरिएको अवस्थामा शाहीको शव भेटिएको बताइएको छ। शाहीका आफन्तले शवको सनाखत गरेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरको टोली घटनास्थल तर्फ गएको छ।

शाही चैत १२ गते होलीको दिन कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका थिए। उनीसँगै अन्य १६ जनाले समेत पुलबाट हाम फालेका थिए। मदिरापान गरी उनीहरूले रमाइलो गर्ने क्रममा कर्णालीको पुलबाट हाम फालेको बताइएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS