images
images
images

सत्ता प्राप्त हुन्छ भन्दैमा कांग्रेसले जोसँग पनि गठबन्धन गर्ने परिपाटी अन्त्य गर्नुपर्छः डा.कोइराला

काठमाडौं–नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेता डा. शेखर कोइरालाले सत्ता प्राप्त हुन्छ भन्दैमा कांग्रेसले जोसँग पनि गठबन्धन गर्ने परिपाटीको अन्त्य गर्नु पर्नेमा जोड दिएका छन् ।

नेता कोइरालाले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र अवस्थाका बारेमा राजधानी काठमाडौबाट प्रकाशित हुने प्रमुख साप्ताहिक पत्रिकाका सम्पादकहरूसँग अन्तरक्रिया गर्दै उक्त कुरा बताएका हुन्। अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. कोइरालाले भने, कांग्रेसभित्रै लोकतन्त्रको सङ्कट देखियो सत्ता प्राप्त हुन्छ भन्दैमा जोसँग पनि गठबन्धन गर्ने परिपाटी कांग्रेसले अन्त गर्नुपर्छ ।

उनले पछिल्लो समय राजनीतिमा निष्ठा, सिद्धान्त र आदर्श गुमेको प्रति चिन्ता व्यक्त गरे । डा।कोइरालाले सिङ्गो नेपाली कांग्रेस पार्टीमा अनुशासन कायम गर्नुपर्नेमा जोड दिए । उनले अस्थिरताको कारक तत्त्व संविधान भएको उल्लेख गर्दै समानुपातिक प्रणाली खारेज नगरेसम्म देश अगाडी बढ्न नसक्ने दाबी गरे ।

जनताहरू राजनीतिक पार्टीहरूसँग उदासीन भएकाले दलहरू सुध्रिनु पर्नेमा जोड दिए । रवि लामिछाने प्रति इङ्गित गर्दै कोइरालाले बदनामै भए पनि नयाँ चाहियो भन्ने जनताको माग रहेछ भन्ने कुरा पछिल्ला घट्नाले देखाएको छ,बताउँदै त्यो प्रजातन्त्रको लागि यो खतराको सङ्केत रहेको बताए ।

डा. कोइरालाले संविधान संशोधन नगरी मुलुकले निकास नपाउने भएकाले संविधान संशोधन गरेर अगाडि जानुपर्ने जोड दिए । अहिले देश र कांग्रेस पार्टीको अवस्था दुवै असाध्यै खराब रहेको र पार्टीभित्र आफ्नो समूह थोरै भएकाले पार्टी सुधारका जति कुरा गरे पनि त्यसको सुनुवाइ नभएको गुनासो गरे ।

उनले पार्टी सुधारका लागि आफूले हरेस नखाएको र एक दिन कांग्रेस पार्टीलाई पुरानो अवस्थामा ल्याएर एक्लै बहुमत ल्याउन ल्याउन सक्ने बनाउने विश्वास व्यक्त गरे । साथै उनले नेपालको विभिन्न प्रजातान्त्रिक आन्दोलनमा साप्ताहिक पत्रिकाले पुराएको योगदानको समेत प्रशंसा पनि गरे ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS