
प्युठान –शनिवार साँझ आएको हावाहुरीले प्युठानमा दर्जन भन्दा बढी घरका तथा विद्यालय भवनका छानो उठाएको छ ।हावाहुरीका कारण नौबहिनि गाउँपालिका वडा न। २ लिघामा आदिवासी जनजाति कार्यालयको भवनको छाना उडाएको छ ।
त्यस्तै गरी लिघाकै दान बहादुर पुनको घरको छाना उडाएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिए।
हावाहुरीकै कारण प्युठानको झिमरूक गाउँपालिका –४ बाङ्गे मरोटमा रहेको दीपेन्द्र प्राविको छाना समेत उठाएको छ । साँझ करिब ५ बजेतिर आएको हावाहुरीले विद्यालयको भवनको टिनको छानो उठाएको विद्यालयकी प्रधानाध्यापक सुभा सिंहले जानकारी दिइन ।
त्यसै गरी गौमुखीको भृकुटी माविको छाना पनि उडाएको छ । हावाहुरीका कारण थुप्रै सार्वजनिक संरचना र निजी घरका छानो उठाएको भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।