
काठमाडौं– महालेखापरीक्षकमा तोयम राय सिफारिस भएका छन् ।
आइतबार बसेको संवैधानिक परिषद्को बैठकले रायलाई महालेखापरीक्षकमा सिफारिस गरेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद्को बैठकले रायलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरेको परिषद्की सदस्यसमेत रहेकी उपसभामुख इन्दिरा राना मगरले जानकारी दिइन् ।
राय राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव पदमा कार्यरत रहेका छन्।
गत जेठमा टंकमणि शर्मा सेवानिवृत्त भएको भएपछि उक्त पद रिक्त थियो ।