images
images

न्यायाधिशहरुमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनोस्ः सांसद सिंह

काठमाडौं–स्वतन्त्र सांसद अमरेश कुमार सिंहले न्यायपालिमा दलहरूले हस्तक्षेप हुने गरेको भन्दै आपत्ति जनाए । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले न्याय परिषद्मा परेका उजुरीमाथि छानबिन नभएको भन्दै आपत्ति जनाए ।

उनले भने,’न्याय परिषद्को सदस्य कानुन मन्त्री यहीँ हुनुहुन्छ । म आग्रह गर्न चाहन्छु । जिल्ला,उच्च र सर्वोच्च अदालतको न्याय कानुनी रूपमा हुनुपर्छ । न्यायाधिशहरुमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनु पर्छ। व्यक्ति हेरेर, व्यक्तिको प्रभावमा न्याय निरूपण गर्ने सर्वोच्च अदालतका न्यायाधीशहरूको मोबाइल रेकर्ड हेरिनुपर्छ ।’

उनले नेताहरूको पहुँचका आधारमा निर्णय परिवर्तन भइरहेको आरोप लगाए । ‘न्यायपालिकामा भागबन्डाका आधारमा नियुक्ति भइरहेको छ । भागबन्डाका आधारमा निर्णय गर्ने प्रक्रिया आफैँमा दुखद हो । यसले न्यायपालिको छविलाई राम्रो गर्दैन ।यसले न्यायपालिकामाथि नै प्रश्न उठाउँछ,उनले भने ।’ उनले भ्रष्टाचार अनियमितताको मुद्दामा न्यायपालिकाले वर्षौ वित्दा समेत पेशी नदिएको आरोप लगाए । उनले राजनीति पहुँचका आधारमा महिनामा पाँच वटा पेशी दिने गरेको समेत आरोप लगाए ।

उनले न्यायपालिकामाथि जनताको विश्वास कायम गर्नका लागि संसदीय छानबिन समिति बनाउनु पर्नेमा जोड दिए ।