
काठमाडौं– महालेखा परीक्षकमा सिफारिस भएका तोयम राया विरुद्ध उजुरी आह्वान गरिएको छ।
संसदीय सुनुवाइ समितिले महालेखा परीक्षकमा सिफारिस भएका रायाका विषयमा सुनुवाइ प्रक्रिया अघि बढाएको हो। सोमबार सुनुवाइ समितिको बसेको बैठकले रायासँग सम्बन्धित कुनै गुनासा वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सूचना जारी गर्ने निर्णय गरेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
उजुरी दिने समय सकिएपछि रायाबारे सुनुवाइ हुनेछ। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ।
आइतबार बसेको संवैधानिक परिषद्को बैठकले रायालाई महालेखा परीक्षकमा सिफारिस गर्ने निर्णय गरेको थियो।