images

सुनको मूल्य आकासियो, प्रतितोला एक लाख ३१ हजार ६०० मा कारोबार

काठमाडौं– सुनको भाउ दिन प्रतिदिन उकालो लागिरहेको छ । नेपाली बजारमा हरेक दिन जसो सुनको भाउले नयाँ रेकर्ड बनाइरहेको छ । सोमबार पनि सुन तोलामा एक हजार ६०० रुपैयाँले वृद्धि भएर ऐतिहासिक रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३१ हजार ६०० रुपैयाँ पुगेको छ । यसै गरी, तेजाबी सुनले प्रतितोला एक लाख ३० हजार ९५० रुपैयाँको स्तर छोएको छ।

यसअघि शुक्रवार पनि सुन हालसम्मकै महँगो मूल्यमा कारोबार भएको थियो । त्यस दिन सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँ पुगेको थियो ।

त्यसै गरी सोमबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार ५३५ रुपैयाँमा खरिदबिक्री हुँदै छ । हिजो भने चाँदीको मूल्य स्थिर रहेर प्रतितोला एक हजार ५२५ रुपैयाँमा किनबेच भएको थियो ।

विश्व बजारमा सुनको भाउ आकासिएसँगै नेपाली बजारमा पनि यसको प्रभाव परेको हो ।