
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० प्रमाणीकरण गरेका छन् ।
सभामुख देवराज घिमिरेले सोमबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाइएको विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाएका हुन् । राष्ट्रपति कार्यालयले पठाएको पत्रमा गत चैत्र १६ गते संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरिएको उल्लेख बताए ।
सङ्घीय संसद्को दुवै सदनले पारित गरेर पठाइएको विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनको रूपमा लागू गर्ने संवैधानिक व्यवस्था छ