
काठमाडौं– नेपालमा सुनको मूल्यले दिन प्रतिदिन रेकर्ड बनाउँदै गइरहेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यले वृद्धि हुँदा नेपाली बजारमा समेत नयाँ रेकर्ड बन्दै गएको छ ।
बुधवार नेपाली बजारमा सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ८ सय रुपैयाँ बढी हो ।
यसअघि आइतबार सुनको मूल्यले १ लाख ३० हजारको उच्चतम रेकर्ड बनाएको थियो भने सोमबार फेरि १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको थियो । मङ्गलवार ४ सयले घटेर १ लाख ३१ हजार २ सयमा झरे पनि बुधवार फेरि १८ सयले बढेर नयाँ रेकर्ड बनायो ।