images

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा महरा नियुक्त

काठमाडौं– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् ।

संविधानको धारा १६८ (२) अनुसार महरालाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । महराले शुक्रवार ९४४० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै प्रदेशमा पनि अल्पमतमा परेका निवर्तमान मुख्यमन्त्री डिल्ली चौधरीले बहुमत जुटाउन नसकेपछि बिहीबार राजीनीमा दिएका थिए ।

माओवादीका स्थायी सदस्य समेत रहेका महरा रोल्पा ‘क’ बाट निर्वाचित भएका हुन्। उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रमुख स्वकीय सचिव भएर काम गरिसकेका छन् ।