images

आगामी चुनावमा एक्लै बहुमत आउने गरी लाग्न एमाले नेता कार्यकर्तालाई  ओलीको निर्देशन 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा एमाले एक्लैको बहुमत आउने गरी लाग्न पार्टीका नेता÷कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
शुक्रवार नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११ औँ जिल्ला अधिवेशनलाई पोखरामा सम्बोधन गर्दै ओलीले सुशासन र विकासको बाटोमा देशलाई लैजानु अहिलेको आवश्यकता भएको औँल्याए ।
उनले अहिले नयाँ सत्ता समीकरणमा एमाले पनि रहेको भन्दै पार्टीका आफ्ना उद्देश्य र नीति नछोडीकन राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने, सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने आवश्यकता रहेको बताएका हुन् ।