images

उप निर्वाचनका लागि मतदान स्थल र केन्द्र स्वीकृत

काठमाडौं– आउँदो वैशाख १५ गते हुने उपचुनावका लागि मतदान स्थल र केन्द्र स्वीकृत भएको छ ।
निर्वाचन आयोगका अनुसार इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा ७९ मतदान स्थल र एक सय ४९ मतदान केन्द्र तथा बझाङको प्रदेश सभा १ (क) मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र स्वीकृत भएको हो । आयोगले यसअघि हिजो मतदाताको अन्तिम नामावली प्रकाशन गरिसकेको छ ।
स्वीकृत मतदाता नामावलीअनुसार प्रतिनिधि सभातर्फ इलाम क्षेत्र नम्बर–२ मा हुने उपचुनावका लागि एक लाख १५ हजार ८ सय ८९ र प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १ (क) मा ६१ हजार सात सय ४८ जना मतदाता कायम भएका छन् । उपचुनावको कार्य तालिका अनुसार भोलि उम्मेदवारी मनोनयन हुनेछ