images

सभामुख घिमिरेले बोलाए चार दलका शीर्ष नेताको बैठक 

काठमाडौं– सभामुख देवराज घिमिरेले चार  राजनीतिक दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी सदन अवरुद्ध पार्ने चेतावनी दिएपछि सभामुख घिमिरेले शीर्ष नेताको बैठक बोलाएका हुन् ।
कांग्रेसले सदनमा  गृहमन्त्री रवि लामिछानेको सहकारी संलग्नता सम्बन्धमा निरन्तर छानबिन समिति माग गरेको विषयमा छलफल गर्न सभामुखले सोमबार दुई बजेका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा हुने बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेलाई छलफलका लागि बोलाएका हुन् ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा छानबिन समिति नबने चैत २७ गतेदेखि सदन अवरुद्ध गर्ने चेतावनीसमेत दिएको छ ।