images

वडाध्यक्षहरूले नै गरे नगरपालिकामा तालाबन्दी

जनकपुरधाम– धनुषाको मिथिला विहारी नगरपालिकामा एक हप्तादेखि तालाबन्दी भएको छ । नगरपालिकाका १० वडाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूले संयुक्त रूपमा तालाबन्दी गरेका हुन् ।

तालाबन्दीको एक हप्ता भन्दा बढी समय बितिसक्दा पनि ताला खुल्न सकिरहेको छैन । तालाबन्दीपछि सेवाग्राहीहरूले सास्ती खेप्नु परेको छ । कारण सेवाग्राहीहरूलाई सस्ती एक सेवाग्राही अनुसार मेयर र वडाध्यक्षहरुको विवादका कारण सर्वसाधारण सेवाग्राहीले दुःख भोग्नु बाध्य भएका हुन्।

गत ६ गते २१ बुँदे माग राखी वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएका थिए । वडाध्यक्षहरूले नगरपालिका भित्र विगतदेखि सम्पूर्ण शाखाबाट बजेट सञ्चालनमा आलटाल गरी विभिन्न बहाना गरी अवरोध सृजना गरी रहेको साथ साथै बजेट समेत फ्रिज गर्दै आइरहेको र जनताको दैनिक सेवा प्रवाहमा पनि गुणात्मक प्रगति नदेखिएको तथा नगरपालिकालाई पूर्ण रूपमा असफल बनाउने सम्भावना देखिएको यस नगरपालिकालाई व्यवस्थित , जनमुखी र जनचाहना अनुसार बनाउनको लागि सात दिने अल्टिमेटम दिएको थियो ।

नगरप्रमुखले आफ्ना मागहरू प्रति वास्ता नगरेपछि तालाबन्दी गर्न बाध्य भएको वडा न। ७ का वडाध्यक्ष सञ्जय कुमार शर्माले जानकारी स्पेस समाचारलाई जानकारी दिए ।

तर नगरप्रमुख राजेन्द्र प्रसाद यादवले भने,तालाबन्दी गरिसकेपछि खुलाउनका लागि छलफल गरी रहेको छु । पालिकाको कामकाज छिटो नै सुरु हुन्छ ।