images

शीर्ष नेताहरूको बैठकअघि नै कांग्रेस पदाधिकारीको बैठक

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसिरहेको छ ।

सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेविरुद्ध छानबिन गर्न संसदीय समिति गठन गर्नु पर्ने माग गर्दै कांग्रेसले सदनमा विरोध जनाउँदै आएको छ । कांग्रेसले प्रतिनिधिसभाको आगामी बैठकसम्म संसदीय छानबिन समिति गठन गरिनुपर्ने अडान राखेको छ ।

संसद्को अवरोध हटाउने विषयमा सभामुख घिमिरेले आजै दुई बजे मुख्य चार दलका शीर्ष नेताहरूसँग छलफलका लागि बोलाएका छन् ।

अहिले देउवा निवासमा बसिरहेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा संसद् बैठकमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको छ । साथै चार दलका शीर्ष नेताहरूको बैठकमा कांग्रेसको अडानका विषयमा साझा धारणा बनाउने जनाएको छ ।