images

देउवा बोलाए कांग्रेस संसदीय दलको बैठक

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दल बैठक बोलाएका छन्। बैठक मङ्गलवार बिहान ८ बजे बस्ने गरी संसदीय दल कार्यसमितिको बैठक बोलाइएको कांग्रेसले जनाएको छ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेसँगै देशभरका सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ। यसैलाई लिएर संसद्‌मा विरोध जनाउँदै आएको छ।

कांग्रेसले चैत २७ गते बस्ने प्रतिनिधि सभाको बैठकअघि संसदीय छानबिन समिति गठन हुनुपर्ने अल्टिमेटम दिइसकेको छ। त्यतिन्जेल समिति गठन नभएमा संसद् चल्न नदिने कांग्रेसले चेतावनी दिएको छ। भोली बस्ने बैठकले सरकारले संसदीय छानबिन समिति गठन नगरेको थप आक्रामक बन्ने रणनीति बनाउने जनाइएको छ ।