images

बलम्बुस्थित सशस्त्र प्रहरी बलको गोदाममा भीषण आगलागी (भिडियोसहित)

काठमाडौं । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भीषण आगलागी भएको छ।

सोमबार साँझ उक्त गोदाममा आगलागी भएको हो। स्टोरमा आगलागी हुँदा बन्दोबस्तीका सामान जलेका छन् । एपीएफ अस्पतालसँगै रहेको उक्त स्टोरमा सशस्त्रका लत्ताकपडा लगायत आवश्यक बन्दोबस्तीका सामान राखिएका हुन्छन् । आगलागीपछि घटनास्थलबाट ठूलो मात्रामा धुवाँको मुस्लो निस्किएको छ।

उक्त आगलागी विद्युत् सर्ट भएर लागेको हुन सक्ने बताइएको छ। अहिले त्यहाँ आगो नियन्त्रणका लागि दमकलसहित अग्निनियन्त्रकको टोली पुगेको छ। आगो नियन्त्रणका लागि काठमाडौं, ललितपुर र सशस्त्र प्रहरी बलको दमकल प्रयोग गरिएको छ।