images

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । बैठक शुक्रबार(आज) साँझ ५ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा पछिल्लो समय बढिरहेको राजावादी दल र समूहको गतिविधि, संविधान संशोधन तथा सदनमा प्रस्तुत गर्न लागिएका केही विधेयकहरूबारे छलफल गर्ने तयारी छ ।