images

सेयर बजार बढ्ने क्रममा निरन्तरता

काठमाडौं । सेयर बजार बढ्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ ।

मंगलबार नेप्से परिसूचक ९ दशमलव १९ अंक बढेर २ हजार ३६ विन्दुमा पुगेको छ । बजारमा ४ अर्ब १४ करोड बराबरको सेयर किनबेच भएको छ । कुल १५० कम्पनीको मूल्य बढ्दा ८६ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । भने ९ स्टकको मूल्य स्थिर छ ।

फाइनान्स र अन्य समूह २ प्रतिशतभन्दा धेरले बढेको छ । उत्पादन र माइक्रोफाइनान्स समूह भने १ प्रतिशतभन्दा धेरै घटेको छ । बैंकिङ ३, विकास बैंक २७, फाइनान्स ५६, हाइड्रोपावर १८, जीवन बीमा ५०, निर्जीवन बीमा १०५, अन्य ४० र ब्यापार समूह ११ अंकले बढेको छ । जानाकी फाइनान्स, नेपाल फाइनान्स र पोखरा फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।