images

कांग्रेसले संसद् अवरोध जारी राख्छः नेता सिंह

काठमाडौं–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले संसद्लाई अवरोध जारी राख्ने बताएका छन् । नयाँ वर्षको उपलक्ष्यमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले उक्त कुरा बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतले जसरी गृहमन्त्रीलाई निर्दोष भन्दै बचाउ गरेको र गृहमन्त्री रवि लामिछानेले आइजिपीलाई राखेर निर्दोष भन्न लगाउनु कन्फिलिट अफ ईन्टेस्ट भएको आरोप लगाए ।

उनले भने,कांग्रेसलाई संसदीय अभ्यासका बारेमा राम्रोसँग थाहा छ । सहकारी प्रकरण बारे जबसम्म संसदीय छानबिन समिति बन्दैन । तबसम्म संसद् अवरोध जारी रहन्छ ।

उनले सहकारी संस्थाको रकम अपचलनको विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठेकाले राजीनामा दिनुपर्ने बताए ।

बजेट निर्माणको क्रममा विवादमा मुछिएका पूर्व अर्थमन्त्री जनार्दन शर्माले पनि पदबाट राजीनामा दिएको र संसदीय छानबिन समितिले सफाइ पाएपछि पदमा फर्किएको भन्दै गृहमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई सुझाव दिए ।

सहकारीको रकम अपचलनको विषयमा जो माथि शङ्का भइरहेको छ, उही हाकिम भएर बस्न मिल्छ ? भन्दै प्रश्न गरे । ’