images

सात दिनको अल्टिमेटम दिँदै सत्तारुढ दलकै सांसदले गरे सदन अवरुद्ध पार्ने चेतावनी

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा)ले सदनमा सरकारको विरोध जनाइरहेका बेला सत्तारुढ दलकै सांसदले समेत सदन अवरुद्ध पार्ने चेतावनी दिएका छन् ।

बुधवार नेकपा एकीकृत समाजवादी पार्टीका सांसद राजेन्द्र पाण्डेले आर्थिक वर्ष २०८०/०८१ को बजेटको कार्यान्वयन नभएको अवस्थामा सदन अवरुद्ध पार्ने चेतावनी दिएका हुन् । सांसद पाण्डेले भने,’जसले हामीलाई जिताएर सदनमा पुर्‍याए । उनले समस्या पूरा गर्नु हाम्रो दायित्व हो कि होइन ? उनले भने,बजेटमा भएका सबै कार्यक्रम लागू हुने,जनताको सेवा पूरा हुने कार्यक्रम रोक्ने कारण के ?’

उनले सम्पूर्ण जनताप्रति अन्याय भएको भन्दै विरोध जनाए । उनले थप्दै भने,’म जनता प्रति भइरहेको अन्यायका विषयमा बोलिरहेको छु । यो विषयको निर्णय सात दिन भित्र सरकारले हामीलाई सुनाउने गरी गरोस् ।अन्यथा यही विषयलाई लिएर संसद् अवरोधको हुने स्थिति आउन नपरोस् ।’