images

६ महिनामा हेटौँडा जिल्ला अदालतमा ४ सय ३७ वटा सम्बन्ध विच्छेदका मुद्दा दायर

हेटौँडा–हेटौँडा उपमहानगरपालिका–३ का नवराज सिग्देल अहिले श्रीमतीसँग सम्बन्ध विच्छेदको कानुनी प्रक्रियामा छन् । विगत ४ वर्षदेखि श्रीमती अलग बसेकाले सम्बन्ध विच्छेदका लागि उनले जिल्ला अदालत मकवानपुरमा माघ १८ गते उजुरी दर्ता गरे ।

नवराज जस्तै हेटौँडा उपमहानगरपालिका–१९ का २९ वर्षीय धनबहादुर केसीले पनि गत माघ २८ गते सम्बन्ध विच्छेदका लागि उजुरी दिए । पत्नी घरभन्दा बढी माइती बस्ने गरेको, घर व्यवहारप्रति जिम्मेवार नभएको र नगद सम्पत्ति हिनामिना गरेको जिकिर गर्दै केसी अदालत पुगे ।

छोरी मात्र पाएको भनेर श्रीमानले मादक पदार्थ सेवन गरी कुटपिट गर्ने,मानसिक यातना दिने गरेको भन्दै अंश माग दाबी गर्दै सम्बन्ध विच्छेद गरी पाउँ भनेर भीम फेदी गाउँपालिका–१ की नम्रता लामाले फागुन ४ गते जिल्ला अदालत पुगिन् । २३ वर्षीया लामाको ३ छोरी छन् । त्यसै गरी अर्की पात्र हुन् मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिका–६ की १८ वर्षीया सुनितामाया चेपाङ । उनले पनि पतिसँग सम्बन्ध विच्छेद गर्नका लागि फागुन २८ गते अदालतमा निवेदन दर्ता गरेकी छन् ।

तीन वटा बच्चाकी आमा सुनितामायाका पति २१ वर्षीय सोमबहादुर चेपाङले गाउँकै अर्को युवतीसँग बिहे गरे । उनले विहेगरेपछि सम्बन्ध विच्छेदका लागि भन्दै सुनितामाया अदालतको ढोकामा पुगेकी हुन् । उनको १४ वर्षको उमेरमा सोमबहादुरसँग उनको विवाह भएको थियो । यी त केही उदाहरण मात्रै हुन् । जिल्ला अदालत मकवानपुरमा दैनिक सरदर तीन वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने गरेका छन् ।

चालु आर्थिक वर्षको ६ महिनामा १५ सय ९९ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ४ सय ३७ थान मुद्दा सम्बन्ध विच्छेदका छन् । सम्बन्ध विच्छेदका लागि महिला र पुरुष दुवैले मुद्दा दर्ता गराएका छन् ।

सम्बन्ध विच्छेदका लागि दर्ता भएकामध्ये पुस मसान्तसम्म ३ सय ७३ वटा मुद्दा फर्स्यौट भइसकेका छन् । गत आवको ६ महिना अर्थात् यही अवधिमा जिल्ला अदालतमा ४ सय ३० थान मुद्दा दर्ता भएका थियो । जिल्ला अदालतमा आव २०७९र८० मा ३ हजार ३ सय ५७ मुद्दा दर्ता भएका थिए । तीमध्ये २८ दशमलव ५० प्रतिशत अर्थात् ९ सय ७५ थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको अदालतका श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए ।

सम्बन्ध विच्छेदका लागि आएका अधिकांश महिला पति एवम् घर परिवारको हिंसा सहन नसकेर अदालतको ढोका ढकढक्याउन आउने गरेका छन् । श्रेस्तेदार पौडेलका अनुसार बालविवाह पनि क्रमशः सम्बन्ध विच्छेदमा परिणत हुन थालेको छ । विवाह १५÷१६ वर्षको उमेरमा हुने र २१÷२२ वर्ष पुगेपछि काखमा नानी च्यापेर सम्बन्ध विच्छेदका लागि आउनेको सङ्ख्या बढ्दो रहेको छ । मुलुकमा नयाँ संहिता कार्यान्वयनमा आएपछि सम्बन्ध विच्छेदका लागि पुरुषलाई पनि सहज बनाएको छ ।

जसले गर्दा सम्बन्ध विच्छेदको मुद्दा अदालतमा ह्वात्तै बढेको अधिवक्ता मदन दाहालले बताए । अहिले अदालतमा दर्ता भएका मुद्दामध्ये झन्डै ३० प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका छन्,