images

नेप्से परिसूचक ओरालो लाग्यो 

काठमाडौं–  पछिल्ला दुई कारोबार दिन निरन्तर बढेको नेप्से परिसूचक फेरि घटेको छ ।
बुधवार नेप्से परिसूचक १० दशमलव ३० अङ्क घटेर २ हजार २५ विन्दुमा झरेको हो । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०८ स्टकको ६१ हजार ४२० पटकको कारोबारमा ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
माण्डु हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ९ दशमलव ६९ प्रतिशत बढेको छ । १३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक १ दशमलव ४६ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ० दशमलव १३ प्रतिशत बढेको छ ।