images

पौडी खेल्ने क्रममा दुधकोशीमा डुबेर दुई जनाको मृत्यु

काठमाडौं– पौडी खेल्ने क्रममा दुधकोशी नदीमा डुबेर दुई जनाको ज्यान गएको छ । भोजपुरको आम चौक गाउँपालिका–१० स्थित दूधकोशी नदीमा पौडी खेल्ने क्रममा बुधवार दिउँसो डुबेर २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा आम चोक–६ देवान टारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राई रहेको प्रहरीले जनाएको छ।

दुई जना डुबेको खबर पाएपछि इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

दुवै जना मृतकको शव पोस्टमार्टमका लागि धरान घोपा पठाइएको प्रहरीले जनाएको छ ।