images

एमाले ओखलढुङ्गाका अध्यक्षले कटवालले गरे पार्टी परित्याग

काठमाडौं– नेकपा एमाले ओखलढुङ्गाका जिल्ला अध्यक्ष शङ्कर कटवालले पार्टी परित्याग गरेका छन्।

दसौँ जिल्ला अधिवेशनको क्रममा नेतृत्वको गुटबन्दी देखाएको र आफू विरुद्ध अनेकौँ आरोप प्रत्यारोप लगाएको भन्दै जिल्ला कमिटी अध्यक्ष र पार्टी सदस्य नरहने गरी राजीनामा दिएका छन् ।

उनले भनेका छन्, ‘दसौँ जिल्ला अधिवेशनमा जे–जस्ता रवैया र गतिविधिहरू देखिए। जुन खालका आरोप–प्रत्यारोपको होडबाजी चल्यो। नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो। मेरो ३४ वर्षको राजनीति जीवनमा यस्तो विधि र पद्धति विहीनता अनुभूति गरेको थिइनँ। अराजनीतिक कार्यशैलीले न पार्टी बन्छ, न राजनीतिकर्मीको भविष्य बन्छ, न ओखलढुंगेली जनताको न्याय गर्न सकिन्छ, न त राजनीति न्याय स्थापित नै गर्न सकिन्छ। यही कुरालाई महसुस गरी मैले ओखलढुङ्गा जिल्ला पार्टी इन्चार्ज खगेन्द्र राईमार्फत चैत २७ गते नै पार्टी परित्याग गरेको राजीनामा पठाइसकेको छु । ,

हेर्नुहोस् राजीनामा पत्र

cpn uml