images

मुस्लिम समुदायहरूले मनाए इद

काठमाडौं– मुस्लिम समुदायले एक अर्कामा शुभकामना आदानप्रदान गरी इदुल फित्र पर्व मनाएका छन् ।

इदको अवसरमा काठमाडौंको घण्टाघरस्थित मस्जिदमा प्रार्थना गर्ने र एक अर्कासँग शुभकामना साट्नेहरूको घुइँचो लागेको थियो । हिजरी संवतको रमजान महिनाभर रोजा बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा इद मनाउने गर्दछन् ।

इद पर्वमा अल्लाहका नाममा विशेष नमाज पढ्ने इस्लाम परम्परा छ । चन्द्रमाको गतिका आधारमा तय गरिने इद पर्व रमजान सकिएपछि सुरु हुने शुक्ल पक्षमा पहिलो पटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । इदको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।