images

संसदीय समिति बनाउन नखोज्नु भनेको संसदीय अभ्यासमाथिको प्रहार होः नेता सिंह

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संसदीय छानबिन समिति बनाउन नचाहेर संसदीय अभ्यास माथि नै प्रहार गरेको आरोप लगाए ।

काठमाडौंमा आयोजित चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले सरकारका मन्त्रीहरूमाथि सहकारी ठगीको प्रश्न उठिसक्दा समेत सरकारले छानबिन समिति नबाउनुले संसद्को क्षेत्राधिकार माथि नै प्रहार भएको बताए ।

जबसम्म सरकार संसदीय छानबिन समिति बनाउँदैन तबसम्म कांग्रेस आफ्नो मुद्दाबाट ब्याक हुँदैन उनले भने, लाखौँ करोडौंं रकम हिनामिना भएको सहकारी प्रकरणमा कांग्रेस आवाज उठाउँदा काङ्ग्रेसमाथि नै प्रहार भइरहेको छ । जबसम्म सहकारी हिनामिना प्रकरणमा सरकारले छानबिन समिति बनाउँदैन तबसम्म कांग्रेस आफ्नो एजेन्डाबाट पछाडि फर्किदैंन ।

फरक प्रसङ्गमा बोल्दै नेता सिंहले सरकार एकातिर संसद् सुचारु गराउन नचाहने अर्कोतिर तर्फ लगानी सम्मेलन आयोजना गर्न खोजिरहेको भन्दै राजनीतिक स्थायित्व विना कसरी लगानीको वातावरण बन्न सक्छ भन्दै प्रश्न गरे । उनले देशमा राजनीति स्थायित्व नभएको अवस्थामा गरिने लगानी सम्मेलनको नतिजा नआउने भन्दै राजनीतिक स्थायित्वका लागि ध्यान दिन सरकारलाई सुझाव समेत दिए ।