
काठमाडौं–सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक आइतबार दिउँसो पार्टी कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको हो। बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारीबारे छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आगामी वैशाख ८ देखि १० गतेसम्म बस्दै छ । गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने परिषद् बैठकमा करिब २ हजार १५३ जना सहभागी हुनेछन् । उक्त बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा समेत छलफल हुने जनाइएको छ ।