images

कांग्रेसले संसद् चल्न दिएन, अधिवेशन अन्त्य हुन सक्छः ओली

काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्को हिउँदे अधिवेशन अन्त्य हुन सक्ने प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि एमाले अध्यक्ष ओलीले संसद् अधिवेशन अन्त्य हुने बताएका हुन् ।

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका ओलीले नेपाली कांग्रेसले संसद् चल्न नदिएकाले अन्त्य हुनसक्ने बताए । ‘कांग्रेसले संसद् चल्न दिएन, अधिवेशन अन्त्य हुनसक्छ’, भेटपछि अध्यक्ष ओलीले भने ।