
काठमाडौं– झापाको हल्दीबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिवार साँझ इलाका प्रहरी कार्यालय, अनारमनीले गिरीलाई नियन्त्रणमा लिएको हो। उनी विरुद्ध जातीय भेदभाव तथा अपमानसम्बन्धी व्यवहार कसुरमा जाहेरी दर्ता भएको थियो।
जिल्ला समन्वय समिति, झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध इप्रका अनारमनीमा चैत २८ गते जातीय विभेद गरेको भन्दै जाहेरी दिएका थिए।
सोही जोरहीका आधारमा प्रहरीले गिरीलाई बिर्तामोडबाट नियन्त्रणमा लिइएको झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।
पूर्व उपाध्यक्ष गिरीले जिजस झापाका पूर्व प्रमुख पोर्तेललाई टेलिफोन संवादमार्फत जातीय तथा अन्य छुवाछूत र भेदभाव ९कसुर र सजाय० ऐन २०६८ आकर्षण हुने गरी अभिव्यक्ति दिएका थिए।
चैत १८ गते हल्दीबारीमा पार्टीको बैठक सकेर फर्किएका पोर्तेललाई गिरीले फोनबाट गालीगलौज गर्दै जातीय विभेद, अपमान हुने गरी अभिव्यक्ति दिएका थिए।