images

संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय प्रति कांग्रेसको आपत्ति

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अधिवेशन गर्ने सरकारको निर्णय प्रति भर्त्सना गरेको छ । सदनमा सहकारी ठगी प्रकरणको विषय उठाइरहेको कांग्रेसले संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय प्रति भर्त्सना गरेको हो ।

आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले संसद् अधिवेशन अन्त्य गर्ने निर्णयको निन्दा गरेको हो ।

दलको बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बजेट अधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै पनि अधिवेशन अप्रत्याशित रूपमा अन्त्य गर्ने निर्णय घोर निन्दा भएको बताए ।

प्रमुख सचेतक लेखकले भने, ‘संसद्को अधिवेशन अन्त्य गर्ने निर्णयको कांग्रेस घोर भर्त्सना र निन्दा गर्दछ । अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताका विरुद्ध काम नगर्न सरकारलाई कडा चेतावनी पनि दिन्छौँ । ’

लेखकले सरकारको ताना शाही प्रवृत्तिका कारण आफूहरूले २ दिन मात्रै संसद् अवरोध गरेको र यसको जिम्मा सरकारले लिनुपर्ने बताए । उनले भने, ‘प्रतिपक्षको अवरोधका कारण संसद् चल्न नसकेको भन्ने तर्क लज्जास्पद छन् । संसद्का कुनै पनि काम कारबाही अवरोध गरेको थिएन । सरकारको ताना शाही प्रवृत्तिका कारण २ दिन अवरोध भएको हो । यसको जिम्मा सरकारले नै लिनुपर्दछ ।’