images

तराइ मधेसमा आज चैती छठ पर्व मनाईदैं

वीरगन्ज– तराई मधेसमा आज चैती छठ पर्व मनाइँदै छ । शुक्रवारबाट सुरु भएको चैती छठ अन्तर्गत आज साँझ अस्ताउँदो गरेको सूर्यलाई अर्घ दिइने छ । छठ पर्वका लागि तराई मधेसका ताल, नदी र पोखरीहरूलाई दुलही झैँ श्रृङ्गारिएको छ ।

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुई पटक मनाइने छठ पर्वमा सूर्य भगवानको पूजा आराधना गर्ने गरिन्छ । पर्वको पहिलो दिन व्रतालुहरूले चोखो खाने, दोस्रो दिन नहा खाए गर्छन् भने तेस्रो दिन दिनभरि उपवास बसेर साँझ सखर मिसाइएको खिर खाने गर्छन् । जसलाई खरना पनि भन्ने गरिन्छ ।

छठको अन्तिम दिन भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर विधिवत् रूपमा छठ सम्पन्न हुनेछ ।