images

सङ्घीय संसद्को हिउँदे अधिवेशन अन्त्य

काठमाडौं– सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गरिएको छ । आइतबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।

यस अघि सरकारले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष हिउँदे अधिवेशन अन्त्य गर्नका लागि सिफारिस गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन अन्त्यका लागि पठाएको पत्र वाचन गरेर आज राति १२ बजेदेखि स्वतः अन्त्य हुने गरी प्रतिनिधिसभा बैठक अन्त्य गरिएको हो ।

प्रतिनिधिसभाको तेस्रो अधिवेशन २०८० साल माघ २२ मा प्रारम्भ भई २०८१ साल वैशाख २ गते अन्त्य भएको हो । ७० दिनसम्म चलेको अधिवेशनमा २३ दिनमा २३ पटक बैठक बसी जम्मा ८१ घण्टा ५५ मिनेट संसदीय काम कारबाही भएका थिए ।