images

राजतन्त्र फर्काउन असम्भवः देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउन असम्भव रहेको प्रतिक्रिया दिएका छन् ।

आइतबार काठमाडौंमा स्वर्गीय सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा देउवाले अहिलेकै व्यवस्थालाई सुदृढीकरण गरेर जानुपर्नेमा जोड दिए । विगतमा बन्दुक उठाएकाहरूले पनि अहिले बहुदलीय व्यवस्था मानेर आएको भन्दै उनले बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यक रहेको बताए ।

कार्यक्रममा सांसद अर्जुननरसिंह केसीले देशमा लुटतन्त्र व्याप्त भएकाले नागरिकहरू निराश रहेको टिप्पणी गरे । देश असन्तोष, अराजकता र विद्रोहतिर उन्मुख भएको उनको भनाइ छ ।