images

नयाँ वर्षको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट

काठमाडौं– नयाँ वर्ष २०८१ सालको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् गत बुधवार घटेर बन्द भएको नेप्सेले यस दिन पनि निरन्तरता दिएको हो । आइतबार नेप्से परिसूचक २ दशमलव ३५ अङ्क घटेर २ हजार २३ विन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि सामान्य घटेको छ ।

अघिल्लो कारोबार दिन करिब साढे ३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा ३२० स्टकको ५९ हजार ४२ पटकको कारोबारमा ३ अर्ब ६ करोड ३७ लाख रुपैयाँ बराबरको ७७ लाख ९५ हजार कित्ता शेयर किनबेच भएको छ । घटेको बजारमा सृजनशील लघुवित्तको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

एनआईसी एसिया लघुवित्त, दोल्ती पावर र राप्ती हाइड्रो एन्ड जनसल कन्स्ट्रक्सनको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ ।