images

नाउपाकी सांसद गिरीलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णयको आदेश कार्यान्वयन नगर्न आदेश दिएको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले गिरीलाई प्रदेश सभा सदस्यको हैसियतमा काम कारबाही गर्न रोक नलगाउन अन्तरिम आदेश दिएको हो ।
नाउपाकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले गिरीलाई पदमुक्त गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई पत्र लेखेकी थिइन ।

सोही पत्रका आधारमा प्रदेश प्रमुखले उनलाई पदमुक्त गरेका थिए । पार्टी अध्यक्ष श्रेष्ठलाई प्रतिवादी बनाउँदै गिरीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । उनको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।