images
images

प्रहरीको कुटपिटबाट घाइते भएका राप्रपा नेता डाँगीको मृत्यु

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्दोलनमा प्रहरीको कुटपिटबाट घाइते भएका राप्रपा नेता ठाकुर प्रसाद डाँगीको मृत्यु भएको छ । चैत्र २७ गते राप्रपाको वृहत् आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गर्दा डाँगी गम्भीर घाइते भएका थिए ।

उनको छाउनी स्थित सैनिक अस्पतालमा उपचार भइरहेको थियो । उनको निधन पश्चात् राप्रपा अध्यक्ष राजेन्द्र लिंङ्देनको सचिवालयले सरकारको विरोध जनाएको छ ।

अध्यक्ष लिङ्देनका स्वकीय सचिव छत्र खडायतले सामाजिक सञ्जालमा लेखेका छन् , चैत २७ गते राप्रपाको शान्तिपूर्ण आन्दोलनमा गृह–प्रशासनको आदेशमा प्रहरीबाट भएको बर्बरता पूर्ण दमनबाट गम्भीर घाइते भई छाउनी सैनिक अस्पतालमा उपचाररत राप्रपा बर्दिया मधुबन नगरपालिका नगर कार्य समितिका पूर्व अध्यक्ष ठाकुर प्रसाद डाँगीको मृत्यु भएको छ । डाँगीको मृत शरीरलाई श्रद्धाञ्जली लागि अहिले १२ बजे पार्टी कार्यालय चाबहिलमा राख्ने जानकारी गर्दछौँ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS