images

नेसपा परित्याग गर्दै माओवादीमा फर्किए विश्वदेव पाण्डे

काठमाडौं–डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)  केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख विश्वदिप पाण्डे दल परित्याग गरेका छन् ।

उनले नेसपा छोडेपछि नेकपा माओवादी केन्द्रमा फर्किएका छन्। उनलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरे ।

पाण्डेले सामाजिक सञ्जाल ट्विटर मार्फत लेखेका छन्,आजको मितिदेखि लागू हुने गरी मैले नेपाल समाजवादी पार्टीबाट साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको छु । उनले भविष्यका नयाँ चुनौती पूरा गर्न, माओवादी पार्टी र आन्दोलनलाई नयाँ स्तर र उचाइमा उठाउन योगदान गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेर फेरि यात्रामा लामबद्ध भएको उनले बताए ।