images

एकीकृत समाजवादीले कम्युनिस्टकाे बोर्ड राखेर कांग्रेसको पक्षमा काम गर्‍योः  ओली 

काठमाडौं–पछिल्लो समय सत्ता गठबन्धनभित्र असन्तुष्टि चुलिँदै गएको छ । खास गरी गठबन्धनको नाममा सबैतिर ओली र प्रचण्डले एकलौटी गरेको भन्दै नेकपा एकीकृत समाजवादी असन्तुष्ट बनेको हो । सोही विषयमा गठबन्धन दलको सहमति बेगर नेकपा एसले सुदूरपश्चिममा कांग्रेस सहित नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीका लागि अघि सारेको छ ।

उक्त कदमपछि गठबन्धन भित्रको विवाद छताछुल्ल भएको छ । एकीकृत समाजवादीको उक्त कदमलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजनीतिक संज्ञा दिए । एमाले संसदीय दलको सोमबार बसेको बैठकमा अध्यक्ष ओलीले भने, ‘विपक्षीहरूको आशा पलाउने गरी र जनतामा केही मात्रामा भए पनि निराशा पलाउने गरी त्यस पार्टीले कदम चाल्यो ।’

आन्तरिक रूपमा एकीकृत समाजवादीको बोली र व्यवहार बार्गेनिङ गर्ने खालकै भएको र सुदूरपश्चिममा बाहिरै प्रकट भएको उनले बताए । ‘दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नाङ्गो ढङ्गले प्रकट भयो’ कम्युनिस्ट साइनबोर्ड राखेर काम चाहिँ कांग्रेसको पक्षमा गरेको भन्दै उनले भने, ‘यसले फरक पार्ने वाला छैन ।’