images
images

आगलागीमा परि दुई बालबालिकाको मृत्यु

काठमाडौं–अछाममा सोमबार बिहान भएको आगलागीमा परेर दुई बालबालिकाको मृत्यु भएको छ।

मेल्लेख गाउँपालिका–६ को षोडशामा स्थानीय दीपक बोहराको घरमा आगलागी भएको हो। आगलागीमा परी ८ वर्षीया भावना बोहरा र ६ वर्षीय गोपाल बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार भावना दीपककी छोरी हुन् भने गोपाल छिमेकी रमेश बोहराका छोरा हुन्।

सोमबार बिहान खरले छाएको छानामा आगो सल्किएको थियो। छानोसँगै बालबालिका जलेका हुन् । आगलागीको कारण खुल्न सकेको छैन। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।