images

जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ

प्युठान–जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ परेका छन् । प्युठानको झिमरुक गाउँपालिका–७ का २६ वर्षीय युवकलाई जबरजस्ती करणीको आरोपमा पक्राउ परेका हुन् ।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीले आइतबार साँझ ती युवकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी कृष्ण रानाले स्पेस समाचारलाई जानकारी दिए ।

 

उनले किशोरीलाई शनिवार राती ललाइ फकाइ गर्दै आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको उजुरीका आधारमा आरोपित  पक्राउ परेको प्रहरीको भनाइ छ ।